पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

काठमाडौँ। सरकारले आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो। ‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन […]

Mar 11, 2025 - 12:23
 0
पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

काठमाडौँ।

सरकारले आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।

‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ ।’ मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register