झापामा चैते धानमा ‘नेक ब्लाष्ट’रोग : बोटमै सुक्यो धान

झापा, १९ जेठ । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण चैते धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताउनुभयो । पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै कृषक [...] The post झापामा चैते धानमा ‘नेक ब्लाष्ट’रोग : बोटमै सुक्यो धान appeared first on Jhapa Online.

Jun 2, 2025 - 16:57
 0
झापामा चैते धानमा ‘नेक ब्लाष्ट’रोग : बोटमै सुक्यो धान

झापा, १९ जेठ । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण चैते धान पाक्न नपाउँदै बोटमै सुकेको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताउनुभयो । पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै कृषक शिवकुमारी मैनालीले एकै रातमा सबै धान सर्लक्कै सुकेर भुससरह भएको बताउनु भयो ।

फसल भित्र्याउने बेलामा रोगले धान सबै सुकेपछि ठूलो नोक्सानी भएको कृषक सुशीला काफ्लेले बताउनुभयो । नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताउनुभयो । किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उहाँको भनाइ छ ।

उहाँले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताउनुभयो । माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उहाँको भनाइ छ ।

The post झापामा चैते धानमा ‘नेक ब्लाष्ट’रोग : बोटमै सुक्यो धान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register