क्रोएसिया पठाउने भन्दै १९ लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेका छिन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ०५ बस्ने ३५ वर्षिया मेनुका पुडासैनी रहेकी छिन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर […]

Jun 2, 2025 - 13:40
 0
क्रोएसिया पठाउने भन्दै १९ लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेका छिन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ०५ बस्ने ३५ वर्षिया मेनुका पुडासैनी रहेकी छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर क्रोएसिया पठाउने भन्दै १९ लाख रुपैयाँ ठगी गरेर फरार भएकी थिइन् ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register