कन्काई क्याम्पस बिर्तामोडमा एमाले–कांग्रेस गठबन्धनको प्रयास विफल भएपछि

बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट तीन जनाले मात्र मनोनयन दर्ता गराएका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघसँग गठबन्धन गर्ने प्रयास अन्तिम समयमा विफल भएपछि तीन जनाले मात्र मनोनयन दर्ता गराएका हुन् । प्रत्यक्षतर्फ [...] The post कन्काई क्याम्पस बिर्तामोडमा एमाले–कांग्रेस गठबन्धनको प्रयास विफल भएपछि appeared first on Jhapa Online.

Mar 12, 2025 - 01:10
 0
कन्काई क्याम्पस बिर्तामोडमा एमाले–कांग्रेस गठबन्धनको प्रयास विफल भएपछि

बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट तीन जनाले मात्र मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघसँग गठबन्धन गर्ने प्रयास अन्तिम समयमा विफल भएपछि तीन जनाले मात्र मनोनयन दर्ता गराएका हुन् । प्रत्यक्षतर्फ अनेरास्ववियुका किशोर खत्रीले कोषाध्यक्ष र सलिसा श्रेष्ठले सदस्य पदमा मनोनयन दर्ता गराएका छन् भने समानुपातिक तर्फ ओशीन तामाङले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

माओवादी निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रत्यक्षतर्फ अध्यक्षमा नविन पौडेल, सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा जानकी भट्टराई, सदस्यहरु टिकाराम दर्जी, नवराज खनाल, विष्णुकुमारी विक, सुष्मा भट्टराई र कुशल डाँगीले मनोनयन दर्ता गराएका छन् । समानुपातिक तर्फ सपना भट्टराई, भुपेन्द्र विक, सिशिर प्रसाई र सुजन घिमिरेले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै नेविसंघको तर्फबाट प्रत्यक्षतर्फ अध्यक्षमा किरण गुरुङ, सचिवमा मनिष कोइराला, कोषाध्यक्षमा मेघा जबेगु लिम्बु, सदस्यहरु उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु र अमिसा सुवेदीले मनोनयन दर्ता गराएका छन् । यता समानुपातिक तर्फ १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

समानुपातिक तर्फ अधिकतम् ९ जनाको नाम दर्ता गराउनुपर्नेमा नेविसंघले १२ जनाको नाम दर्ता गराएको एक विद्यार्थी नेताले बताए । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मंगलबार मनोनयनको तालिका रहेको थियो ।

The post कन्काई क्याम्पस बिर्तामोडमा एमाले–कांग्रेस गठबन्धनको प्रयास विफल भएपछि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register