चित्तबुझ्दो काम नगर्ने ५ निर्माण कम्पनी सरकारको कालोसूचीमा 

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।  समयमा काम सम्पन्न नगरेको तथा कमसल सामानको प्रयोग गरेर काम गरेको भन्दै सम्बन्धित निकायले सिफारिस गरेपछि ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । एक सूचना नै जारी गरेर कार्यालयले आजकै मितिदेखि लागू हुनेगरि दुई […]

Mar 12, 2025 - 04:45
 0
चित्तबुझ्दो काम नगर्ने ५ निर्माण कम्पनी सरकारको कालोसूचीमा 

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

समयमा काम सम्पन्न नगरेको तथा कमसल सामानको प्रयोग गरेर काम गरेको भन्दै सम्बन्धित निकायले सिफारिस गरेपछि ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

एक सूचना नै जारी गरेर कार्यालयले आजकै मितिदेखि लागू हुनेगरि दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ । 

कालोसूचीमा परेका निर्माण कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने भएका छन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीको लिस्टः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register