स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन

काठमाडौं । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो । केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ आइरहेको गाडीमा सुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले गोसाइँकुण्ड गाउँपालिका–२ बाट करिब साढे सात किलो पहेँलो धातु बरामद गरिएको बताए […]

May 18, 2025 - 12:36
 0
स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन

काठमाडौं । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो ।

केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ आइरहेको गाडीमा सुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले गोसाइँकुण्ड गाउँपालिका–२ बाट करिब साढे सात किलो पहेँलो धातु बरामद गरिएको बताए ।

उनले भने, ‘स्याउको डिब्बा बोकेको गाडीमा तलासी गर्दा पहेँलो धातु फला परेको छ ।’ उनका अनुसार प्रहरीले सो गाडीका ड्राइभर र गाडीलाई नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register