नोरा फतेहीसँग ‘फ्यान मोमेन्ट’मा रमाएका गौरव सिटौला

काठमाडौं  बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीको ‘लाइभ इन नेपाल कन्सर्ट’को रौनक गज्जबै रह्यो । नोरा नेपालमा आउनुअघि जसरी चर्चा चलेको थियो, शनिबार उनको प्रदर्शनपछिको प्रभाव पनि उत्तिकै झल्कियो । शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगमा वर्ल्डवाइड फिल्मस्‌का देवख र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेको कार्यक्रममा नोराले बलिउड गीतमा […]

May 18, 2025 - 12:57
 0
नोरा फतेहीसँग ‘फ्यान मोमेन्ट’मा रमाएका गौरव सिटौला

काठमाडौं  बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीको ‘लाइभ इन नेपाल कन्सर्ट’को रौनक गज्जबै रह्यो । नोरा नेपालमा आउनुअघि जसरी चर्चा चलेको थियो, शनिबार उनको प्रदर्शनपछिको प्रभाव पनि उत्तिकै झल्कियो ।

शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगमा वर्ल्डवाइड फिल्मस्‌का देवख र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेको कार्यक्रममा नोराले बलिउड गीतमा गरेको प्रदर्शन यादगार बन्यो ।

नोरासँगै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, प्रतिभाशाली डान्सर तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ–आफ्नो प्रस्तुति दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँगै लाइमलाइटमा आए इन्स्टाग्रामबाटै नोराको आँखामा परेका, गौरव सिटौला । जसले नोरासँग स्टेजमा दिलबर गीतमा नाच्ने अवसर पाए ।

दर्शकको भीडमा नोराको आँखामा परेका गौरव

स्टेजमा माइक लिएर बोलिरहेकी नोरा भन्छिन्, ‘तपाईंहरूलाई थाहा छ यो नेपालमा मेरो पहिलोपटक हो ।’ ‘मेरो नेपालको पहिलो अनुभव –इन्सेन’यो कसको फोन हो भन्दै आफैँ फोन लिएर उनले दर्शकसँग पनि सेल्फी खिचिन् ।

तस्वीर स्रोत : सामाजिक संजाल

त्यसपछि ‘तपाईंहरूलाई मेरो कुन गीत मनपर्छ ?’ नोराले सोधिन् । दर्शकदीर्घाबाट ‘दिलबर’ भनेको सुन्ने बित्तिकै नोराले भनिन्, ‘मैले तिमीलाई कतै देखेको छु । एकछिन ! एकछिन !! तिम्रो नाम के हो ?’

‘गौरव’ भनेको सुन्ने बित्तिकै नोराले भनिन्, ‘म चिन्छु तिमीलाई । अँ, गौरव । हो मैले तिम्रो भिडिओ मेरो इन्स्टाग्राममा शेयर गरेको थिएँ ।’

नोराले भनिन्, ‘तपाईंहरूको माझमा एउटा बेस्ट डान्सर छ र उसको नाम गौरव हो । म तिमीलाई बोलाएर तिमीसँगै डान्स गर्नेछु । गौरव एक आउटस्ट्यान्डिङ डान्सर हो ।’

नोरासँग गौरवको फ्यान मोमेन्ट

गौरवलाई चिनेको केही समयपश्चात नोराले गौरवलाई स्टेजमा बोलाइन् । गौरव स्टेजबाट माथि उक्लिँदै गर्दा उनले पक्कै पनि आफ्नो सपना पूरा भएको अनुभूति गरे । स्टेजमा जाँदै गरेका गौरवको उत्साह निकै प्रष्ट देखिन्थ्यो ।

उनले गौरवसँग आफू ‘ओबसेस’ भएको पनि बताइन् । स्टेजमा नोरालाई गरेको अंकमाल निकै आत्मीय थियो । निकै लामो समय अंकमाल गरेपछि गौरवले आफ्नो मनमा भएको सबै कुरा सुनाए । उनको आँखाको चमक आफैँमा लोभलाग्दो थियो ।

हेर्दा सामान्य लागे पनि एक प्रशंसकले आफ्नो प्रेरणालाई जुन असमन्सको स्थिति अनुभूति गर्छन् । त्यही गौरवले देखेको महसुस गर्न सकिन्छ । आफू नोराको ठूलो प्रशंसक भएको सुनाए । गौरव केही भावुक पनि भएका हुँदो हुन् । नोराले बिस्तारै उनको पाखुरामा पनि स्नेहको भावले छोएकी थिइन् ।

गौरवले एकै सासमा नोरालाई भने, ‘मलाई तपाईंको सबै मनपर्छ । तपाईंबारे सबै थाहा छ । यू आर अमेजिङ ।’

नोराले कुन गीतमा नाच्ने भनेर सोधिन् । तुरुन्तै गौरवले भने, ‘मलाईं तपाईंसँग दिलबर गीतमा नाच्नु छ । तपाईं पनि मसँग नाच्नुपर्छ ।’

तस्वीर स्रोत : सामाजिक संजाल

दिलबर गीत बज्छ । अनि सुरु हुन्छ,  गौरव र नोराको बेली र स्यासी डान्सको कम्बो । कालो रात, सेतो धुँवा अनि नोरा र गौरवको जुगलबन्धी । हिपवर्क, फुटवर्क र अपरबडीको अद्भुत संगमले सबैलाई मन्त्रमुग्ध पारदिन्छन् । अनि नोराले निकै शालिन शैलीमा गौरवको हात समातेर उनलाई स्टेजबाट तल पठाउँछिन् ।

नोरासँग एउटै स्टेजमा भएका गौरव लेख्छन्, ‘त्यो क्षणमा मैले कस्तो महसुस गरेँ भनेर व्याख्या गर्न मसँग कुनै शब्द छैन । नोरा फतेही – ती हुन् जसलाई मैले वर्षौँदेखि हेर्दैँ आएको थिएँ । उनले मलाई स्टेजमा बोलाइन् र मसँगै डान्स गरिन् । म यो कहिले पनि बिर्सन्नँ ।’

आफ्नो इन्स्टाग्राम स्टोरीमा उनी लेख्छन् , ‘त्यो डान्स मात्र थिएन, यहाँसम्म पुग्नु मैले गरेको लडाइँ पनि थियो । नोरा, तपाईं मेरो जीवनको कठिन समयको एउटा साइलेन्ट उत्प्रेरणा हो । तपाईंलाई भेट्नु, हग गर्नु र भावुक क्षण साट्नु पाउनु मेरो लागि संसार जस्तै थियो । मेरो उपस्थितिलाई कदर गरेर मलाई छु भन्ने महसुस गराउनु भएकोमा धन्यवाद । म सधैँ आभारी रहनेछु ।’

गौरवको नृत्य शैली हतपत सबैले गर्न सक्दैनन् । कतिले गर्न पनि रुचाउँदैनन् । गीतको बिटलाई महसुस गरेर आफ्नो शरीरलाई सोही शैलीमा प्रदर्शन गर्न सबैले गर्न सक्दैनन् । साथै, विभिन्न टिकाटिपणी भए पनि आफ्नो नृत्य शैलीलाई निरन्तरता दिएर अघि बढि रहेका गौरवका लागि त्यो एउटा सफलता भने कम भएन होला । त्यसैले पनि उनले आफ्नो लडाइँपछि नोरासँगको भेटप्रतिको खुसी व्यक्त गरेका थिए ।

गौरवसँग खुसी साटेकी नोराले इन्स्टाग्राममा लेखिन्, ‘यो फ्यान मोमेन्ट सबैथोक थियो । डान्स विथ नोराले सुपरस्टारहरूको खोजी गर्छ । मैले उसलाई इन्स्टाग्राममा आफ्नो गीतहरूमा नाचिरहेको वर्षाैँदेखि देखिरहेको थिएँ । र, अन्तत: उसलाई भेटेँ । मैले अचानक उसलाई दर्शकको भीडमा उसलाई देखेँ । र, उसलाई स्टेजमा बोलाउनै पर्ने थियो । ह्वाट अ ट्यालेन्ट !’

आफ्नो फ्यान मोमेन्टमा दुरुस्तै रमाएका गौरव को हुन् ? टिकटक र इन्स्टाग्राममा आफ्नो डान्सको प्रदर्शनले चर्चित भएका एक युवा हुन्, गौरव । नोराको दिलबर गीतमा उनको डान्स निकै भाइरल पनि भएको थियो । जुन नोराको आँखामा पनि परेको थियो ।

तस्वीर स्रोत : सामाजिक संजाल

गौरव एक क्याट वाक ट्रेनर पनि हुन् । उनी पासारेला प्रशिक्षक पनि हुन् । उनले आफ्नो इन्स्टाग्राम बायोमा आफूलाई सेल्फ ट्रेन्ड डान्सरको रुपमा पनि चिनाएका छन् ।

उनको विभिन्न पोस्टहरूमा नोराको फतेहीको ओ साकी साकी, दिलबर दलबर तथा ज्याकलिन फरनाडेजको यीमीयीमी…जस्तो गीतमा गरेको प्रस्तुति लाखौँले मन पराएका छन् ।

गौरवको प्रदर्शनमा बोलीहप, हिप मुभमेन्ट, बुटि शेक, टटिङको साथै सिलेटो डान्सको झलक पाउन सकिन्छ ।

नेपाली डान्सरलाई नोराको माया

नोराले स्टेजमा विभिन्न नेपाली मुलको डान्सरहरूको पनि खुलेर प्रशंसा गरिन् । प्रस्तुति दिने क्रममा नोराले भनेकी थिइन्, ‘म मनबाट भन्न चाहन्छु कि मैले नेपालबाट बेस्ट डान्सरहरू भेटेको छु । र, तीमध्ये केही डान्सरले मलाई स्टेजमा पनि स्थान दिनेछन् । के उनीहरूलाई हेर्न तपाईं तयार हुनुहुन्छ ?’

तस्वीर स्रोत : सामाजिक संजाल

‘के तपाईंहरूले सुशान्त खत्री भन्नेलाई चिन्नुहुन्छ ? उ मेरो फेभरेट हो । उ ठूलो स्टार हो । सुपरस्टार हो,’ नोराले सुशान्तबारे भनिन् । त्यसपछि नोराले सुशान्त खत्रीलाई स्टेजमा बोलाइन् । जिस्किँन्दै सुशान्तले पनि ‘म तिमीलाई माया गर्छु’ भने ।

सुशान्तले बुझ्नु भयो भनेर सोध्दा नोराले ‘बुझिनँ तर सुन्दा राम्रो लाग्यो’ भनिन् । अनि सुशान्तले नोरालाई बिस्तारै ‘म तिमीलाई माया गर्छु’ भन्न सिकाए । अनि भने, ‘त्यो भनेको आई लभ यू हो ।’ यसपछि हग गरे ।

नोराले सुशान्तलाई भनिन्, ‘सुसी आएकोमा धन्यवाद । ’

सुशान्त, तेरिया र समपर्ण भारतमा चिनिएका उत्कृष्ट डान्सरहरू हुन् । भारतका विभिन्न रियालिटी शोमा पनि देखिएका सुशान्तलाई नोराले चिन्नु र प्रशंसा गर्नु स्वाभाविक नै हो ।

यद्यपि, इन्स्टाग्राममा आफ्नो गीतमा नाचेका नेपाली इन्स्टाग्रामका कन्टेन्ट क्रिएटर गौरव सिटौलालाई चिनेर, स्टेजमा बोलाएर, नोराले देखाएको मायाले अन्य युवाहरूलाई पनि आफूमा विश्वास गरेर अगाडि बढ्न भने पक्कै प्रेरित गर्छ ।

ढिलो होस् वा चाँडो मेहनतको फल मीठो हुने उदाहरण बने, गौरव । यसलाई सेलिब्रेटीको मन जित्ने तरिकाका रुपमा व्याख्या गरे पनि नोराले नेपाली डान्सरलाई देखाएको माया भने पक्कै सामान्य थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register