लोकतन्त्रमा असली खतरा सरकारबाटै : सोविता गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले लोकतन्त्रलाई सरकारबाटै खतरा रहेको टिप्पणी गरेकी छिन् । संसद्को शून्य समयमा बोल्दै उनले लोकतन्त्रको असली खतरा सरकार आफैँ रहेको बताएकी हुन् । सरकारले नयाँ आवाजलाई दबाउन खोजेको निरन्तर नियन्त्रणमुखी बन्दै गएको र कानुनलाई प्रतिसोधको तरबार बनाएको आरोप लगाइन् । ‘सरकारले सामाजिक सञ्जाल, सडक, संसद् सबैतिर नियन्त्रणमुखी व्यवहार […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले लोकतन्त्रलाई सरकारबाटै खतरा रहेको टिप्पणी गरेकी छिन् ।
संसद्को शून्य समयमा बोल्दै उनले लोकतन्त्रको असली खतरा सरकार आफैँ रहेको बताएकी हुन् ।
सरकारले नयाँ आवाजलाई दबाउन खोजेको निरन्तर नियन्त्रणमुखी बन्दै गएको र कानुनलाई प्रतिसोधको तरबार बनाएको आरोप लगाइन् ।
‘सरकारले सामाजिक सञ्जाल, सडक, संसद् सबैतिर नियन्त्रणमुखी व्यवहार गर्दैछ । सरकारले अन्यत्र त नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । प्रश्न गर्दा सांसदलाई होच्याउने, प्रश्न गर्दा पत्रकारको पास खोस्ने र निषेधाज्ञा घोषणा गरेर सडक कब्जा गर्न खोजेको छ,’ उनले चेतावनी दिँदै भनिन्,’ सबैको विचार अट्ने लोकतान्त्रिक व्यवहार गर्नुस् नत्र परिणाम जनताको पक्षमा हुनेछ ।’
सोबिताले सरकारले विश्वास गुमाएको र सङ्कटमा रहेको टिप्पणी गरेकी छिन् ।
What's Your Reaction?






