चेक अनादर भए ४५ दिनभित्र रकम तिर्नुपर्ने, ५ प्रतिशत जरिवाना हुने

काठमाडौं । चेक अनादर भएमा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने गरी कानुन बन्ने भएको छ । विधायन व्यवस्थापन समितिले चेक अनादरको रकम अदालती प्रक्रियामा जाँदा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति जुटाएको छ । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा उक्त सहमति जुटेको सभापति तुलसीकुमारी दाहालले बताइन् । कसैलाई दिएको चेक […]

Mar 12, 2025 - 08:39
 0
चेक अनादर भए ४५ दिनभित्र रकम तिर्नुपर्ने, ५ प्रतिशत जरिवाना हुने

काठमाडौं । चेक अनादर भएमा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने गरी कानुन बन्ने भएको छ । विधायन व्यवस्थापन समितिले चेक अनादरको रकम अदालती प्रक्रियामा जाँदा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति जुटाएको छ ।

राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा उक्त सहमति जुटेको सभापति तुलसीकुमारी दाहालले बताइन् । कसैलाई दिएको चेक सटही गर्दा रकम नभएको पाइएमा ४५ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको उनको भनाइ छ ।

‘चेक सटही गर्न जाँदा पैसा नभएको पाइएमा भुक्तानीका लागि ४५ दिनको समय दिने र त्यसपछि मात्रै अदालती प्रक्रियामा जाने कुरा समावेश गरिने भएको छ । चेक अनादर गर्नेलाई रकमको पाँच प्रतिशत जरिवाना तिराउने सहमति भएको छ,’ उनले भनिन् ।

४५ दिनको अवधिमा पनि भुक्तानी नभएको अवस्थामा दुवै पक्षबीच समन्वय गर्ने र त्यसपछि मात्रै  पाउने देवानी संहिता अन्तर्गत अदालती प्रक्रियामा लान सकिने व्यवस्था विधेयकमा गरिएको उनले बताइन् ।

‘कुनै व्यक्तिले आफ्नो खातामा पैसा नहुँदा जानीजानी उसले कसैलाई चेक दिन्छ र त्यो चेकको फछ्र्योट हुँदैन भने यसलाई कानूनी कारबाहीमा लाने कुरा छ । ४५ दिनको समयभित्र चेक लिने र दिने दुवैको बीचमा समन्वय भयो र चेकमा उल्लेख रकम पायो भने मध्यस्तता गर्ने भन्ने कुरा पनि विधेयकले ल्याएको छ,’ उनले भनिन् ।

 

चेक अनादरलाई फौजदारी नभएर  देवानी संहिताअन्तर्गत अघि बढाइने उनले बताइन् । खातामा रकम नभएको जान्दाजान्दै दोस्रो पक्षलाई चेक दिनुलाई ठगी मान्ने व्यवस्था गर्न लागिएको बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register