नामिबियासँग फेरि हार्‍यो नेपाल

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा बुधबार भएको खेलमा नेपाल २३ रनले हारेको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो । यसअघि पहिलो चरणमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । अब […]

Mar 12, 2025 - 10:24
 0
नामिबियासँग फेरि हार्‍यो नेपाल

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।

एन्टेब्बे क्रिकेट ओभल मैदानमा बुधबार भएको खेलमा नेपाल २३ रनले हारेको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो ।

यसअघि पहिलो चरणमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

अब नेपालले युगान्डासाग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ । यसअघि नेपाल हङकङसँग २ रनले पराजित हुँदा आयोजक युगान्डालाई १ विकेट हराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register