भृकुटीमण्डपमा मारवाडी युवा मञ्चले होली धमाल कार्यक्रम गर्ने
काठमाडौं । मारवाडी युवा मञ्चले भोलि (फागुन २९ गते) भृकुटी मण्डपमा होली धमाल कार्यक्रम गर्ने भएको छ । युवा मञ्चले बिहान साढे ९ बजेदेखि अपरान्ह साढे तीन बजेसम्म कार्यक्रम गर्ने बताएको छ । कार्यक्रममा होलीको रङ्ग लगाउने र नाचगान हुनेछ । यससँगै उपत्यका विभिन्न स्थानमा मारवाडी सेवा समितिले पनि होली मनाउने कार्यक्रम गर्दैछ । मारवाडी […]

काठमाडौं । मारवाडी युवा मञ्चले भोलि (फागुन २९ गते) भृकुटी मण्डपमा होली धमाल कार्यक्रम गर्ने भएको छ ।
युवा मञ्चले बिहान साढे ९ बजेदेखि अपरान्ह साढे तीन बजेसम्म कार्यक्रम गर्ने बताएको छ । कार्यक्रममा होलीको रङ्ग लगाउने र नाचगान हुनेछ ।
यससँगै उपत्यका विभिन्न स्थानमा मारवाडी सेवा समितिले पनि होली मनाउने कार्यक्रम गर्दैछ ।
मारवाडी सेवा समितिले टुँडीखेल र वसन्तपुरमा होलीको विशेष कार्यक्रम आयोजना गर्दैछ । कुलेश्वर भलिबल मैदामा कुलेश्वर मारवाडी समाजले होलीको कार्यक्रम गर्दैछ ।
त्यसैगरी पशुपति गौशाला धर्मशालाले भण्डारखाल मैदानमा होलीको कार्यक्रम आयोजना गर्दैछ । यी कार्यक्रममा नाचगान, होलीका दहन र साङ्गीतिक प्रस्तुती हुनेछन् ।
What's Your Reaction?






