शान्ति समाजको प्रदर्शनमा लाग्यो नारा ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’ (तस्वीरहरू)

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तान तनाव अन्त्य गर्न आज (शुक्रबार) पाकिस्तानी दूतावासअगाडि पनि प्रदर्शन गरेको छ । संस्थापक अध्यक्ष कृष्ण पहाडीको अगुवाइमा समाजले प्रदर्शन गरेको हो । महाराजगञ्जस्थित पाकिस्तानी दूतावासअघि पुगेर उनीहरूले ‘युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’जस्ता नारा लेखिएका […]

May 9, 2025 - 12:43
 0
शान्ति समाजको प्रदर्शनमा लाग्यो नारा ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’ (तस्वीरहरू)

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तान तनाव अन्त्य गर्न आज (शुक्रबार) पाकिस्तानी दूतावासअगाडि पनि प्रदर्शन गरेको छ ।
संस्थापक अध्यक्ष कृष्ण पहाडीको अगुवाइमा समाजले प्रदर्शन गरेको हो ।

महाराजगञ्जस्थित पाकिस्तानी दूतावासअघि पुगेर उनीहरूले ‘युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

भारत र पाकिस्तानबीच यतिबेला तनावको स्थिति छ । दुई छिमेकी देशबीच बिहीबार रातभर पनि गोलीबारी भएको थियो । दुई देशलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यहरूले जनाएका छन् ।

यसअघि शान्ति समाजले लैनचौरस्थित भारतीय दूतावासअघि पनि प्रदर्शन गरेको थियो ।

यही वैशाख ९ गते भारतको जम्मू–कश्मीरको पहलगाममा हिन्दू धर्मावलम्बी पर्यटकलाई लक्षित गरेर आतंकवादी हमला भएको थियो । जसमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।

भारतले यसको दोष पाकिस्तानमाथि लगाएको छ । यसले गर्दा दुई देशबीच केही दिनयता तनावको अवस्था छ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register