जिल्लास्तरीय महिला फुटबलको उपाधिका लागि कनकाई र काँकरभिट्टा भिड्दै

चन्द्र बस्नेतकनकाई, २९ फागुन । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार कनकाई र काकरभिट्टाको महिला फुटबल टिम भिड्ने भएका छन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बिहीबार आज भएको दोस्रो सेमिफाइनलको खेलमा कनकाईको महिला फुटबल टिमले ७(० को फराकिलो गोल अन्तरले शिवसताक्षी नगरपालिकाको [...] The post जिल्लास्तरीय महिला फुटबलको उपाधिका लागि कनकाई र काँकरभिट्टा भिड्दै appeared first on Jhapa Online.

Mar 13, 2025 - 14:12
 0
जिल्लास्तरीय महिला फुटबलको उपाधिका लागि कनकाई र काँकरभिट्टा भिड्दै

चन्द्र बस्नेत
कनकाई, २९ फागुन ।
झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार कनकाई र काकरभिट्टाको महिला फुटबल टिम भिड्ने भएका छन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बिहीबार आज भएको दोस्रो सेमिफाइनलको खेलमा कनकाईको महिला फुटबल टिमले ७(० को फराकिलो गोल अन्तरले शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमलाई पराजित गरे सगै कनकाईले काकरभिट्टा सगको भेट पक्का गरेको
आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो ।

खेल अबदिभर कनकाईका खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा ४ गोल लगाएको कनकाईले दोस्रो हापमा थप ३ गोल गरेसगै शिवसताक्षी माथी कनकाईको महिला फुटबल टिमले ७(० को जित दर्ता गरेको हो।
खेलको म्यान अफ द म्याच विजेता कनकाईकी जर्सी न ११ कि खेलाडी समिक्षा मगर घोषित भएसगै उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । आजको म्यान अफ द म्याचको प्रायोजक जामुनखाडी कृतन मन्डलीले गरेको थियोे ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते शनिबार दिनको २ बजे हुने खेल संयोजक गिता खरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक अध्यक्ष छवि थपलियाले बताउनुभएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।

The post जिल्लास्तरीय महिला फुटबलको उपाधिका लागि कनकाई र काँकरभिट्टा भिड्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register