काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले दिए पुनरावेदन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका छन् । कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी […]

Mar 21, 2025 - 08:15
 0
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले दिए पुनरावेदन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका छन् ।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।

उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले शुक्रबार दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन गरेका हुन् ।

यसअघि लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register