सरकारका गलत काममासँगै हुँदैनौँ, कुलमान हटाउने निर्णय तीन कारणले गलत छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एमाले नेतृत्वको सरकारले गर्ने सबै गलत कदममा काङ्ग्रेस सँगै नरहने बताएका छन् । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सातबुँदे समझदारीमा प्रधानमन्त्रीले गरेका गलत कामको बचाउ गर्नुपर्ने उल्लेख नभएको बताए । प्रधानमन्त्री ओलीले गर्ने गलतको कामको काङ्ग्रेसले विरोध गर्ने उनको भनाइ छ। सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त […]

Mar 27, 2025 - 06:47
 0
सरकारका गलत काममासँगै हुँदैनौँ, कुलमान हटाउने निर्णय तीन कारणले गलत छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एमाले नेतृत्वको सरकारले गर्ने सबै गलत कदममा काङ्ग्रेस सँगै नरहने बताएका छन् ।

संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सातबुँदे समझदारीमा प्रधानमन्त्रीले गरेका गलत कामको बचाउ गर्नुपर्ने उल्लेख नभएको बताए ।

प्रधानमन्त्री ओलीले गर्ने गलतको कामको काङ्ग्रेसले विरोध गर्ने उनको भनाइ छ। सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेर गलत गरेको उनको भनाइ छ ।

तीन कारणले सरकारको यो निर्णय अनुचित रहेको उनले बताए । पहिलो, कुलमानको पदावधि बाँकी नै रहेकाले, दोस्रो चैत १९ भित्र अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुपर्ने अवस्थाले  र तेस्रो सरकारप्रति नागरिक असन्तुष्टी बढेको समयमा निर्णय गरेकाले यो कदम गलत रहेको उनले बताए । ‘ तीन कारणले कुलमानलाई हटाउनुहुँदैनथ्यो । पहिलो पदावधि बाँकी थियो । सरकारले केही समय पर्खिएन । दोस्रो सरकारले प्रतिस्थापन विधेयक पारित गर्दै चैत्र १९ गतेभित्र प्रमाणिकरण गर्नुपर्नेमा यो निर्णयले संसद अवरूद्धको स्थिति पैदा गर्‍यो । तेस्रो कारण नागरिक पंक्तिमा  असन्तुष्टी भइरहेको बेला सरकारले असन्तुष्टीमा घिउ हालेको छ,’ उनले भने ।

कुलमान घिसिङको बर्खास्तीको प्रकरण अदालतमा पुगेको भन्दै अदालतमा विचाराधीन विषयलाई लिएर प्रतिपक्षीले संसद अवरूद्ध गर्न नहुने बताए।  प्रधानमन्त्रीले गरेका हरेक निर्णयमा संसदलाई जवाफ दिनुपर्ने गलत नजिर स्थापनाको कोशिस भइरहेको भन्दै उनले प्रतिपक्षीलाई संसद खुलाउन आग्रह गरेका छन् । ‘कुलमान घिसिङ बर्खास्तको प्रकरण अदालतमा पुगेको छ । अदालतमा विचाराधीन विषयलाई लिएर संसदमा अवरोध खडा गर्नुहुँदैन ।अर्को कुरा प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा संसदमा जवाफ माग गर्ने विषय पनि त्यति राम्रो होइन । प्रतिपक्षीको विरोध जायज छ तर कार्यकारीले गरेको हरेक निर्णयमा संसदमा जवाफ दिनुपर्ने बाध्यता सिर्जना गर्ने नजिर बस्यो भने त्यो राम्रो हुँदैन,’ उनले भने ।

कुलमान घिसिङलाई बर्खास्त गरेको प्रकरणमा सामाजिक सञ्जालमा मात्रै नभएर संसदमा समेत महामन्त्री गगत थापा र आफुले विरोध गर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register