एनआरएनए यूके पूर्व उपाध्यक्ष कार्कीको स्मृतिमा श्रद्धाञ्जलीसभा

लन्डन- एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको निधनको १३ औं दिनको अवसरमा एक कार्यक्रम गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष समेत रहेका कार्कीको स्मृतिमा परिषदले शनिबार उनकै निवास पुगेर श्रद्धाञ्जलीसभा गरेको हो । सो अवसरमा स्वर्गीय कार्कीप्रति संस्थाका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट […]

Mar 16, 2025 - 10:16
 0
एनआरएनए यूके पूर्व उपाध्यक्ष कार्कीको स्मृतिमा श्रद्धाञ्जलीसभा

लन्डन- एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको निधनको १३ औं दिनको अवसरमा एक कार्यक्रम गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष समेत रहेका कार्कीको स्मृतिमा परिषदले शनिबार उनकै निवास पुगेर श्रद्धाञ्जलीसभा गरेको हो ।

सो अवसरमा स्वर्गीय कार्कीप्रति संस्थाका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको थियो।

कार्यक्रममा ग्लास्गो नेप्लिज एशोसिएसन, पश्पतिनाथ मन्दिर स्कटल्यान्ड, नेपाल स्कट क्लब एडिनबरा, फोर्थ भ्याली नेपाली कम्युनिटीलगायतका स्थानीय संघसंस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको एनआरएनए स्कटल्यान्डका सचिव रामप्रसाद कंडेलले जानकारी दिए।

कार्यक्रममा एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले स्वर्गीय कार्कीको जीवनी प्रस्तुत गर्दै उनले समाज र एनआरएनए अभियानमा पुर्याएको योगदान अतुलनीय रहेको बताए ।

ग्लास्गो नेप्लिज एशोसिएसनका अध्यक्ष छविलाल अर्याल, पशुपतिनाथ मन्दिर स्कटल्यान्डकी प्रतिज्ञा थापा, नेपाल स्कट क्लब एडिनबराका धनव केसीलगायतले पनि स्वर्गीय कार्किका निधनमा दुख व्यक्त गर्दै उनको योगदानको चर्चा गरे।

कार्यक्रम सञ्चालक परिषदका सचिव रामप्रसाद कंडेलले कार्कीको निधनबाट समाजलाई अपूरणीय क्षति भएको जनाँउँदै उनको योगदान सदैव स्मरणीय रहने बताए ।

कार्यक्रमका सहभागीहरुले कार्कीप्रति श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौनधारण गरेका थिए ।

एनआरएनए यूकेका पूर्व उपाध्यक्ष तथा स्कटल्यान्ड राज्य परिषदका संस्थापक अध्यक्ष, फोर्थ भ्याली कम्युनिटीका अध्यक्षलगायतका कयौं सामाजिक जिम्मेवारी सम्हालेका कार्कीको यही मार्च ३ तारिख ५२ वर्षको उमेरमा निधन भएको थियो।

लामो समयदेखि परिवारसहित स्कटल्यान्डमा रहेर सफलतापूर्वक विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उनी पछिल्लो केही महिनादेखि अस्वस्थ रहेर उपचार गराइरहेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register