८ महिनामा काम खोज्दै साढे ५ लाख युवा विदेशिए

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ह्वातै बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा काम खोज्दै नेपालबाट झण्डै साढे ५ लाख युवा विदेश गएका हुन् । साउनदेखि फागुनसम्म ५ लाख ३४ हजार ४ सय ७१ युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा […]

Mar 16, 2025 - 12:17
 0
८ महिनामा काम खोज्दै साढे ५ लाख युवा विदेशिए

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ह्वातै बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा काम खोज्दै नेपालबाट झण्डै साढे ५ लाख युवा विदेश गएका हुन् ।

साउनदेखि फागुनसम्म ५ लाख ३४ हजार ४ सय ७१ युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ७१ हजार जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यस्तै, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register