माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका-१ घर भई ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका-६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् । पक्राउ […]

Mar 17, 2025 - 15:01
 0
माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका-१ घर भई ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका-६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् ।

पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र दिपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका-४ बाट आइतबार र दिपेशलाई काठमाडौं महानगरपालिका-२८ बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register