काठमाडौं महानगरले भन्यो-नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्नु

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न विद्यालयहरूलाई सचेत गराएको छ । महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै  शैक्षिक सत्र शुरू नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सचेत गराएका हुन् । ज्ञवालीले पत्रमार्फत काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)लाई […]

Mar 17, 2025 - 14:44
 0
काठमाडौं महानगरले भन्यो-नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्नु

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न विद्यालयहरूलाई सचेत गराएको छ ।

महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै  शैक्षिक सत्र शुरू नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सचेत गराएका हुन् ।

ज्ञवालीले पत्रमार्फत काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)लाई स्मरण समेत गराएका छन्  । जुन व्यवस्था अनुसार कसैले पनि शैक्षिक सत्र शुरू नभई विद्यार्थी भर्ना गर्न गराउन पाइँदैन ।

कतिपय विद्यालयले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो आएकाले त्यसो गरेको पाइए कानूनी कारबाही गर्ने पत्रमा भनिएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register