एन्फाले प्रदेश र जिल्ला फुटबल सङ्घलाई भन्यो – खेलाडीलाई ‘अन्जिला’ हेर्न लैजानू

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अन्जिला’ हेर्न पुरुष तथा महिला खेलाडीहरुलाई निर्देशन दिएको छ । सात प्रदेश तथा ४८ जिल्ला फुटबल सङ्घ, ए, बी र सी डिभिजन क्लबहरुलाई चलचित्र हेर्न परिपत्र गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । पत्रमा भनिएको छ, “एन्जिला तुम्बापो सुब्बाको […]

Mar 18, 2025 - 10:20
 0
एन्फाले प्रदेश र जिल्ला फुटबल सङ्घलाई भन्यो – खेलाडीलाई ‘अन्जिला’ हेर्न लैजानू

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अन्जिला’ हेर्न पुरुष तथा महिला खेलाडीहरुलाई निर्देशन दिएको छ ।

सात प्रदेश तथा ४८ जिल्ला फुटबल सङ्घ, ए, बी र सी डिभिजन क्लबहरुलाई चलचित्र हेर्न परिपत्र गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

पत्रमा भनिएको छ, “एन्जिला तुम्बापो सुब्बाको दुःख, संघर्ष अनि सफलताको कथामा आधारित चलचित्रले नेपाली खेलकुदको क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको छ । चलचित्रमा एन्जिलाको जीवन संघर्ष र सफलताको कथाले हाम्रो आईरहेको नयाँ पुस्तालाई सफलताको लागि संघर्ष कति आवश्यक छ भन्ने कुरा उदाहरण मात्र होईन ! नयाँ उत्साह, आशा र भविष्य पनि देखाउने छ ।”

एन्फाले खेलाडीहरुलाई नजिकको हल लगेर फिल्म देखाउन निर्देशन दिएको छ ।

तुम्बापोको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनरत छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register