वीरगञ्जका धार्मिकस्थल भ्रमणमा जापानी राजदूत, गहवामाईको दर्शन

वीरगञ्ज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार वीरगञ्जको धार्मिकस्थलको भ्रमण गरेका छन् । राजदूत तोरुले बुधबार सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गरेका हुन् । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गरेका छन् । दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने […]

Apr 9, 2025 - 07:32
 0
वीरगञ्जका धार्मिकस्थल भ्रमणमा जापानी राजदूत, गहवामाईको दर्शन

वीरगञ्ज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार वीरगञ्जको धार्मिकस्थलको भ्रमण गरेका छन् ।

राजदूत तोरुले बुधबार सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गरेका हुन् । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गरेका छन् ।

दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आएको जानकारी दिए । ‘उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ,’ उनले भने । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register