नौ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता र बुच पृथ्वी फर्किए

काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो । जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको […]

Mar 19, 2025 - 01:35
 0
नौ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता र बुच पृथ्वी फर्किए

काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्।

नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो ।

जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको बताइएको छ ।

अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि चार प्यारासुट खुले र उनीहरूलाई अमेरिकाको फ्लोरिडास्थित तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले सफलता दिलाएका चालक दलका सदस्यहरूको प्रशंसा गरे ।

सुनीता र बुच सन् २०२४ को जुन ५ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कनुपर्ने थियो । तर अन्तरिक्षयानमा गडबडीका कारण उनीहरू उतै फस्न पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register