यो आर्थिक वर्षभित्र ४० हजार रोजगारी सृजना गर्ने लक्ष्य छः वनमन्त्री 

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेर काम गरिरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।  उनले वनसँग सम्बन्धित क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गरेका छन् ।  मन्त्री ठकुरीले राष्ट्रपति चुरे […]

Mar 19, 2025 - 11:44
 0
यो आर्थिक वर्षभित्र ४० हजार रोजगारी सृजना गर्ने लक्ष्य छः वनमन्त्री 

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेर काम गरिरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । 

उनले वनसँग सम्बन्धित क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गरेका छन् । 

मन्त्री ठकुरीले राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफूल लगायतका खेतीहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गर्नेगरी काम गरिरहेको बताएका छन् । 

त्यस्तै, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गर्नको लागि जंगली जनावरहरुको लागि वनभित्रै बस्नेगरी काम गरिरहेको समेत मन्त्री ठकुरीले बताएका छन् । प्राकृतिक विपद न्यूनिकरण तथा वन व्यवस्थापनको क्षेत्र मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाई छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register