वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर जिल्ला मध्येपुर थिमी नगरपालिका वडा नं.  ३ बस्ने २८ वर्षीय विवेक कुमार शाह रहेका छन् । उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश […]

Mar 17, 2025 - 08:11
 0
वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर जिल्ला मध्येपुर थिमी नगरपालिका वडा नं.  ३ बस्ने २८ वर्षीय विवेक कुमार शाह रहेका छन् ।

उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै पीडितबाट रकम लिएर सम्पर्क विहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कौशलटारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सर्विया पठाउने भन्दै एक जनाबाट २ लाख १५ हजार रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register