भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु पुरस्कार दिने

काठमाण्डौ, ७ चैत । आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय टोलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नगद पुरस्कार घोषणा गरेको छ । बीसीसीआईले भारतीय टोलीका लागि ५८ करोड भारु पुरस्कार घोषणा गरेको हो । बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार आईसीसी उपाधि जित्नु विशेष भएको भन्दै खेलाडी र टोलीका सबै सदस्यको मेहनतको सम्मानमा नगद पुरस्कार प्रदान [...] The post भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु पुरस्कार दिने appeared first on Jhapa Online.

Mar 20, 2025 - 08:04
 0
भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु पुरस्कार दिने

काठमाण्डौ, ७ चैत । आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय टोलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नगद पुरस्कार घोषणा गरेको छ । बीसीसीआईले भारतीय टोलीका लागि ५८ करोड भारु पुरस्कार घोषणा गरेको हो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार आईसीसी उपाधि जित्नु विशेष भएको भन्दै खेलाडी र टोलीका सबै सदस्यको मेहनतको सम्मानमा नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

गएको मार्च ९ मा दुबईमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको थियो । भारतीय टोलीले कप्तान रोहित शर्माको कप्तानीमा अपराजित रहँदै उपाधि जितेको थियो । भारतले समूह चरणमा बङ्गलादेश, पाकिस्तान र न्युजिल्यान्डलाई हराएको थियो भने सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

यो भारतको लगातार दोस्रो आईसीसी उपाधि थियो । यसअघि भारतले सन् २०२४ को टी–२० विश्वकप जितेको थियो ।

The post भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु पुरस्कार दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register