आध्यात्मिक विश्वासमा आधारित नाटक : ‘कन्दता र शकुन्तला’ (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा जारी तेस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो दिन थिएटर मल नेपाल र युटरभिजन कम्पनी जापानको संयुक्त प्रस्तुति रहेको नाटक ‘कन्दता र शकुन्तला’को मञ्चन गरिएको छ । बौद्ध धर्ममा आधारित कन्दताका पीडादायी नरकयात्रा र महाभारतको सम्मानित पात्र शकुन्तलाको कथालाई यस नाटकमा समेटिएको छ । एशियाली बौद्ध र हिन्दु आदिवासीहरुको आध्यात्मिक विश्वासमा आधारित यो […]

Mar 20, 2025 - 08:00
 0
आध्यात्मिक विश्वासमा आधारित नाटक : ‘कन्दता र शकुन्तला’ (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा जारी तेस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो दिन थिएटर मल नेपाल र युटरभिजन कम्पनी जापानको संयुक्त प्रस्तुति रहेको नाटक ‘कन्दता र शकुन्तला’को मञ्चन गरिएको छ ।

बौद्ध धर्ममा आधारित कन्दताका पीडादायी नरकयात्रा र महाभारतको सम्मानित पात्र शकुन्तलाको कथालाई यस नाटकमा समेटिएको छ ।

एशियाली बौद्ध र हिन्दु आदिवासीहरुको आध्यात्मिक विश्वासमा आधारित यो नाटकले दर्शकहरूलाई मानवता, दिव्यता, र प्रकृतिको सह-अस्तित्वबारे सोच्न प्रेरित गर्छ । यो नाटकमा जापान र नेपालका रङ्गकर्मीहरूको अभिनय रहेको छ ।

एरिना साजीको परिकल्पना, लेखन तथा निर्देशनमा तयार पारिएको नाटकमा एरिना साजी सहित शिबासाकी चिकाको, टोमोई एरी, एलिना चार्मिङ, शङ्कर भण्डारी, सौजन सनेहाङ, शोभा कार्की, रौनक कार्की र पूजा ढकालले अभिनय गरेका छन् ।

हेरौँ, तस्वीर-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register