अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गरिने, अन्तिम मिनेटमा हुने चलखेलको अन्त्य ! 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था लागू गरेको छ । नेप्सेले आज (बिहीबार) देखि उक्त व्यवस्था लागू गरेको हो ।  योसँगै अब प्रत्येक दिन कारोबार समयको २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ ।  […]

Mar 20, 2025 - 08:36
 0
अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गरिने, अन्तिम मिनेटमा हुने चलखेलको अन्त्य ! 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था लागू गरेको छ । नेप्सेले आज (बिहीबार) देखि उक्त व्यवस्था लागू गरेको हो । 

योसँगै अब प्रत्येक दिन कारोबार समयको २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ । 

तर, उक्त अवधिमा कुनै कारोबार नभए पछिल्लो कारोबारलाई नै अन्तिम मूल्य मानिने नेप्सेले जनाएको छ । यसअघि ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य मानिँदै आएको थियो । 

यो व्यवस्था लागू भएसँगै अब बजारमा अन्तिम मिनेटमा हुने चलखेल रोकिने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register