केएसएल प्रकरणमा समितिले भन्यो : छानबिनका लागि क्षेत्राधिकार पुगेन

काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवं प्रबन्ध निर्देशक युवराज सङ्ग्रौलामाथि लागेको विद्यार्थी दुर्व्यवहारको आरोपमा छानबिन समितिले समितिले क्षेत्राधिकार नभएको भन्दै प्रतिवेदन बुझाएको छ । पूर्व जिल्ला न्यायाधीश समेत रहेका डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले सङ्ग्रौलामाथि लागेको आरोपमा छानबिन गर्ने कार्यादेश स्कुल प्रशासनबाट पाएको थियो । तर, समितिले भने […]

Mar 20, 2025 - 08:45
 0
केएसएल प्रकरणमा समितिले भन्यो : छानबिनका लागि क्षेत्राधिकार पुगेन

काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवं प्रबन्ध निर्देशक युवराज सङ्ग्रौलामाथि लागेको विद्यार्थी दुर्व्यवहारको आरोपमा छानबिन समितिले समितिले क्षेत्राधिकार नभएको भन्दै प्रतिवेदन बुझाएको छ ।

पूर्व जिल्ला न्यायाधीश समेत रहेका डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले सङ्ग्रौलामाथि लागेको आरोपमा छानबिन गर्ने कार्यादेश स्कुल प्रशासनबाट पाएको थियो । तर, समितिले भने आफूहरूको क्षेत्राधिकार नपुग्ने भन्दै प्रतिवेदन बुझाएको हो ।

समितिमा रहेका एक सदस्य तीर्थ कोइरालाका अनुसार सङ्ग्रौलामाथि लागेको आरोप छानबिनको विषयमा समितिले ‘क्षेत्राधिकारभित्र नपर्ने’ जनाएको छ ।

गएको आइतबार केएसएलले पत्रकार सम्मेलन गर्दै पूर्व न्यायाधीश भट्टराईको नेतृत्वमा ‘तटस्थ जाँचबुझ समिति’ गठन गरिएको जनाएको थियो । पूर्व जिल्ला न्यायाधीश भट्टराई नेतृत्वको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी छानबिन समितिको सदस्य रहेका थिए ।

तर, समितिमा राखिएकी अधिवक्ता सीमा धामीले सामाजिक सञ्जालमा सङ्ग्रौलाको समर्थनमा स्ट्याटस लेखेको हुँदा समितिले निष्पक्ष निर्णय गर्न नसक्ने भन्दै विद्यार्थीहरूले विरोध जनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register