महायज्ञ अपवित्र हुन्छ भन्दै भत्काइयो दलितको घर : पीडितलाई पालिकाकै धम्की

सिराहा । औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको छ । यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको पीडित अनिता मरिक बताउँछिन् । उनका अनुसार महायज्ञ मण्डप वरपर दलितको बसाइँ र आउजाउले भगवान् अपवित्र हुन्छ भन्दै महायज्ञका आयोजक बजरङ्गी बाबाले […]

Mar 20, 2025 - 11:54
 0
महायज्ञ अपवित्र हुन्छ भन्दै भत्काइयो दलितको घर : पीडितलाई पालिकाकै धम्की

सिराहा । औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको छ ।

यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको पीडित अनिता मरिक बताउँछिन् ।

उनका अनुसार महायज्ञ मण्डप वरपर दलितको बसाइँ र आउजाउले भगवान् अपवित्र हुन्छ भन्दै महायज्ञका आयोजक बजरङ्गी बाबाले पालिका अध्यक्ष शिवजी यादवलाई घर भत्काउन लगाएका हुन् । लगत्तै अध्यक्ष यादवले डोजर लगाएर घर भत्काइएका हुन् ।

अहिले पालिकाले नै उनीहरूलाई मानव बस्तीभन्दा पर बाँसको टाँटी लगाएर टहरा बनाइदिएका छन् । अनिताका अनुसार त्यहाँ पानी र बिजुली केही पनि छैन । साथै, उनीहरूको पुरानो घर भएको स्थानमा दलित बसेको भूमि पनि अपवित्र हुन्छ भन्दै ताछेर माटो फालिएको अनिताले बताइन् ।

उता गाउँपालिकाका अध्यक्ष यादवले घर भत्काएको कुरा सहर्ष स्वीकारे पनि दलित भएकै कारण यस्तो गरिएको भन्ने विषय मान्न तयार छैनन् । उनी मरिक परिवारको घर भत्काएर पर सारिनुको कारण सो स्थानमा महायज्ञ लगाएर कृषि बजार खोल्नु रहेको बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register