बार्सिलोना ‘रेलिगेसन जोन’ नजिकको गेटाफेसँग बराबरीमा रोकियो
काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा तुलनात्मक सानो टोली गेटाफेसँग बराबरीमा रोकिएको छ । २७ पटकको ला लिगा विजेता बार्सिलोना शनिबार राति रेलिगेसन जोन नजिकको गेटाफेसँग १–१ गाेलको बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जुलेस काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले बराबरी गोल फर्काए । खेलमा अग्रता बार्सिलोनाले […]

काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा तुलनात्मक सानो टोली गेटाफेसँग बराबरीमा रोकिएको छ ।
२७ पटकको ला लिगा विजेता बार्सिलोना शनिबार राति रेलिगेसन जोन नजिकको गेटाफेसँग १–१ गाेलको बराबरीमा रोकिएको हो ।
गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जुलेस काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले बराबरी गोल फर्काए ।
खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । नवौं मिनेटमा काउन्डेले गोल गर्दै अग्रता दिलाएका हुन् । तर ३४औं मिनेटमा गेटाफेका माउरो अराम्बारीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
यससँगै २० खेलबाट ३९ अंक जोडेको बार्सिलोना तालिकामा तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको दोस्रो स्थानको रियल म्याड्रिड ४ र शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको भन्दा पाँच अंकले पछि छ ।
यता गेटाफे भने २० अंकसहित लिगको १६औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा मात्र दुई स्थान माथि हो ।
यसअघि एट्लेटिको लेगानेससँग १–० ले पराजित भएको थियो । अर्को खेलमा अल्भेसले रियल बेटिसलाई ३–१ हराएको छ ।
What's Your Reaction?






