चन्द्रागिरिको सामुदायिक बनमा डढेलो, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् । ६ […]

Mar 21, 2025 - 12:02
 0
चन्द्रागिरिको सामुदायिक बनमा डढेलो, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।

डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।

६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register