रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

बेल्ग्रेड । सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो । गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो । “सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको पूर्ण समर्पणको […]

Mar 21, 2025 - 14:24
 0
रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

बेल्ग्रेड । सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।

गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो ।

“सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको पूर्ण समर्पणको बावजुद, बिरामी जटिल चोटपटक र सम्बन्धित जटिलताहरूको कारण मृत्यु भयो,” अस्पतालले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

“हामी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।”

उनको मृत्युको खबर फैलिने बित्तिकै उनले पढ्ने नोभी स्याड स्कूल अफ इकोनोमिक्सको भवनमा कालो झण्डा फहराइएको थियो । शोक मनाउनेहरूले फूल चढाएका र मैनबत्ती बालेका थिए ।

“तिमी सधैं हाम्रा सम्झना र हाम्रा हृदयहरूको हिस्सा रहनेछौ,” विद्यार्थीहरूले स्कूल बाहिर छोडेको एउटा ब्यानरमा लेखिएको थियो ।

नोभेम्बर १ मा नोभी साड स्टेशनको कङ्क्रीटको छाना भत्किँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पीडितहरू छ देखि ७४ वर्ष उमेरका थिए ।

अन्य तीन जना घाइते भए, जसमध्ये एकको दुई हप्ता पछि मृत्यु भयो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register