प्रा. सुवेदीको नाममा यूकेको हल विश्वविद्यालयमा स्थापित पुरस्कार विजेता घोषणा

लन्डन- बेलायतको हल विश्वविद्यालयले प्रा सूर्य प्रसाद सुवेदी को नाममा स्थापित आधुनिक दासता उन्मुलनका समस्या र समाधान सम्बन्धि बिषयको अन्तरराष्ट्रिय पुरस्कार विजेता घोषणा गरेको छ। आधुनिक प्रकारका दासता उन्मुलन र मानवको मानव भएर बांच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्बोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान […]

Mar 22, 2025 - 19:39
 0
प्रा. सुवेदीको नाममा यूकेको हल विश्वविद्यालयमा स्थापित पुरस्कार विजेता घोषणा

प्रा. सुवेदी

लन्डन- बेलायतको हल विश्वविद्यालयले प्रा सूर्य प्रसाद सुवेदी को नाममा स्थापित आधुनिक दासता उन्मुलनका समस्या र समाधान सम्बन्धि बिषयको अन्तरराष्ट्रिय पुरस्कार विजेता घोषणा गरेको छ।

आधुनिक प्रकारका दासता उन्मुलन र मानवको मानव भएर बांच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्बोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने व्यवस्था छ। 

यस वर्षको पुरस्कार नेपालकी रिचा श्रेष्ठलाई कसरी मानिसहरुलाई आधुनिक दासताको एउटा शृंखलाको रूपमा विभिन्न प्रलोभनमा पारि रूस र युक्रेनको युद्धमा लगिन्छ भन्ने बिषयको अनुसन्धानमूलक आलेखका लागि प्रदान गरिएको हो। 

अमेरिकाको कोलम्बिया विश्वविद्यालय र संयुक्त राष्ट्रसंघमा युवा सल्लाहकारको रूपमा काम गरिसकेकी रिचा हाल नेपालको सर्बोच्च अदालतमा अनुषन्धानको काम गर्दैछिन् र एक मेधावी युवा महिलाको रूपमा परिचय बनाउंदै छिन्।  

यस अघि उक्त पुरष्कार इन्डोनेसियाका एक मेधावी व्यक्तिलाई र गत बर्ष एक युक्रेनी कानूनविदलाई प्रदान गरिएको थियो। करिव दुई सय वर्ष आघि संसारभर दास प्रथा उन्मुलन गर्न नेतृत्व गरेका बेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्सको नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्सटिच्यूटले आयोजना गर्ने बार्षिक प्रतियोगिताबाट विजेता छानिने उक्त पुरस्कार कानून, राजनीति शास्त्र, समाज शास्त्र, मानविकी आदि विषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर ४० वर्ष ननाघेका व्यक्तिले भाग लिन पाउने गरि स्थापना गरिएको हो।

उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गरेका प्रा सुवेदीलाई उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register