एनआरएनए यूके नेतृत्व फेरि प्रेम गाहामगरकै काँधमा

लन्डन- एनआरएनए यूकेको नेतृत्व फेरि प्रेम गाहामगरको काँधमा आएको छ। आइतबार अल्डरसटको द प्यालेस हलमा डा शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न एकता अधिवेशनले गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक डा भीम पुनले शपथग्रहण गराएका थिए । एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, […]

Mar 23, 2025 - 19:57
 0
एनआरएनए यूके नेतृत्व फेरि प्रेम गाहामगरकै काँधमा

लन्डन- एनआरएनए यूकेको नेतृत्व फेरि प्रेम गाहामगरको काँधमा आएको छ।

आइतबार अल्डरसटको द प्यालेस हलमा डा शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न एकता अधिवेशनले गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक डा भीम पुनले शपथग्रहण गराएका थिए । एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, सदस्यसचिव आरके त्रिपाठी, आइसीसी उपाध्यक्ष थर्क सेन, प्रमुख संरक्षक डेभिड गुरुङलगायतले बधाई तथा शुभकामना दिएका थिए।

आगामी दुई वर्षे कार्यकाललाई गाहामगर नेतृत्वमा निर्वाचित ४२ सदस्यीय एनआरएनए यूके कार्यसमितिको चार उपाध्यक्षमा अनिल मल्ल, रिचर्ड गुरुङ, डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा श्रीमती जानुका राई, कोषाध्यक्ष आवेश राई, सहकोषाध्यक्ष सुरेश केसी, महिला संयोजक श्रीमती मणिकला गुरुङ र युवा संयोजक विशाल राई छन्।

त्यसैगरि, कार्यसमिति सदस्यहरुमा किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, कुलप्रसाद कंडेल, निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, श्रीमती एन्जिला लिम्बु, सालबहादुर गुरुङ, एन्डी राई, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, निकेश लिम्बू, अन्ड्रियास राई, श्रीमती कल्पना कन्डङ्वा निर्वाचित भएका छन् ।

एनआरएनए यूके आइसीसी सदस्यमा श्रीमती लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कंडेल र श्रीप्रसाद गुरुङ चुनिएका छन्।

अधिवेशनलाई प्रमुख अतिथिका रुपमा एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले शुभकामना दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register