जर्मनी र स्पेन सेमिफाइनलमा, इटाली र नेदरल्यान्ड्स बाहिरिए

काठमाडौं । जर्मनी र साविक विजेता स्पेन यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सोमबार बिहान भएको दोस्रो खेलको नतिजाका आधारमा यी दुई टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । डर्टमन्डमा भएको खेलमा घरेलु टोली जर्मनी र इटालीले ३–३ गोलको बराबरी खेले । तर पहिलो लेगमा जर्मनीले २–१ गोलले अघि भएका कारण […]

Mar 24, 2025 - 00:52
 0
जर्मनी र स्पेन सेमिफाइनलमा, इटाली र नेदरल्यान्ड्स बाहिरिए

काठमाडौं । जर्मनी र साविक विजेता स्पेन यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सोमबार बिहान भएको दोस्रो खेलको नतिजाका आधारमा यी दुई टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

डर्टमन्डमा भएको खेलमा घरेलु टोली जर्मनी र इटालीले ३–३ गोलको बराबरी खेले । तर पहिलो लेगमा जर्मनीले २–१ गोलले अघि भएका कारण उसले इटालीमाथि समग्रमा ५–४ को नतिजा हासिल गरेको हो । जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

इटाली र नेदरल्यान्ड्स भने प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register