लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले कोशी प्रदेश, मधेश प्रदेश,बागमती प्रदेश र लुम्बिनी प्रदेशका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । बैंकले सिनियर अफिसर, अफिसर, जुनिअर अफिसर, सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा कर्मचारी मागेको हो । लुम्बिनी विकास बैंकले मागेको उक्त पदमा जागिर खान इच्छुकले कम्तिमा व्यवस्थापनमा ब्याचलर गरेको […]

Mar 24, 2025 - 09:26
 0
लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले कोशी प्रदेश, मधेश प्रदेश,बागमती प्रदेश र लुम्बिनी प्रदेशका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले सिनियर अफिसर, अफिसर, जुनिअर अफिसर, सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा कर्मचारी मागेको हो ।

लुम्बिनी विकास बैंकले मागेको उक्त पदमा जागिर खान इच्छुकले कम्तिमा व्यवस्थापनमा ब्याचलर गरेको हुनु पर्नेछ । अफिसर तहमा जागिर खान इच्छुकले ५ वर्ष बैंकमा काम गरेको अनुभव सँगै केन्द्रिय कार्यलयमा ३ वर्ष ब्रान्च मेनेजर अथवा रिलेशनसिप मेनेजरका रुपमा काम गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, असिस्टेन्ट तहमा भने ३ वर्ष बैंकिङ क्षेत्रमा कार्य गरेको र १ वर्ष  ब्रान्च मेनेजर अथवा रिलेशनसिप मेनेजरको रुपमा काम गरेको अनुभव हुनुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंकको उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register