सिंहदरबारमा शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठक सिंहदरबारमा जारी छ । बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र […]

Mar 24, 2025 - 11:08
 0
सिंहदरबारमा शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारको रुपमा अग्नि खरेललाई नियुक्त गरिसकेका छन् । यसअघि खरेलले प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर सङ्क्रमणकालीन न्यायबारेमा छलफल गर्न निम्तो दिएका थिए ।

बैठकमा राजावादीले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरूको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register