बेलायतको भिसा आवेदन शुल्क वृद्धि, सबैभन्दा बढी विद्यार्थी र भिजिट भिसामा

लन्डन- बेलायतको भिसा आवेदन शुल्क फेरि बढाइएको छ । आगामी अप्रिल ९ तारिखदेखि लागू हुने गरी बेलायत सरकारले विभिन्न क्याटेगोरीका भिसाहरुको आवेदन शुल्क वृद्धि गरेको हो। होम अफिसले जारी गरेको नयाँ भिसा शुल्कसम्बन्धि सूचनाअनुसार विद्यार्थी, भिजिटलगायतका रुटमा सबैभन्दा बढी दरमा वृद्धि गरिएको छ। विद्यार्थी भिसा आवेदनको शुल्क ७ प्रतिशतले वृद्धि गर्दै ४ सय ९० बाट […]

Mar 25, 2025 - 15:16
 0
बेलायतको भिसा आवेदन शुल्क वृद्धि, सबैभन्दा बढी विद्यार्थी र भिजिट भिसामा

लन्डन- बेलायतको भिसा आवेदन शुल्क फेरि बढाइएको छ । आगामी अप्रिल ९ तारिखदेखि लागू हुने गरी बेलायत सरकारले विभिन्न क्याटेगोरीका भिसाहरुको आवेदन शुल्क वृद्धि गरेको हो।

होम अफिसले जारी गरेको नयाँ भिसा शुल्कसम्बन्धि सूचनाअनुसार विद्यार्थी, भिजिटलगायतका रुटमा सबैभन्दा बढी दरमा वृद्धि गरिएको छ।

विद्यार्थी भिसा आवेदनको शुल्क ७ प्रतिशतले वृद्धि गर्दै ४ सय ९० बाट ५ सय २४ पाउण्ड पुर्याइएको छ। ६ महिनादेखि ११ महिनासम्मका छोटो अवधिका अंग्रेजी कोर्समा आउने विद्यार्थीहरुले बुझाउनुपर्ने भिसा शुल्क पनि ७ प्रतिशतले नै बढाएर २ सय पाउण्डबाट २ सय १४ पाउण्ड बनाइएको छ।

भिजिटर भिसाको शुल्क १० प्रतिशतले वृद्धि भएको छ । ६ महिने भिजिट भिसा आवेदन गर्दा यसअघि लाग्दै आएको १ सय १५ पाउण्ड शुल्क बढेर १ सय २७ पाउण्ड पुगेको छ । लामो भिजिट भिसाअन्तर्गत २ वर्षका लागि ४ सय ७५, ५ वर्षका लागि ८ सय ४८ र १० वर्षका लागि १ हजार ५९ पाउण्ड शुल्क लाग्ने भएको छ।

वर्क रुटको भिसा शुल्क पनि बढेको छ । तीन वर्षसम्मको वर्क भिसा आवेदन गर्दा लाग्ने शुल्क ७ सय १९ पाउण्डबाट ५० पाउण्ड बढाएर ७ सय ६९ पाउण्ड पुर्याइएको छ । तीन वर्षभन्दा लामो अवधिको वर्क भिसाको शुल्क भने १ हजार ४ सय २० पाउण्डबाट ९९ पाउण्ड बढाएर १ हजार ५ सय १९ पाउण्ड पुर्याइएको छ।

द इनोभेटर फाउन्डर भिसामा ८३ पाउण्ड र टियर १ इन्भेष्टर भिसामा १ सय १६ पाउण्डले बढाएर क्रमशः १ हजार २ सय ७४ र २ हजार पाउण्ड शुल्क निर्धारण गरिएको छ ।

सेटलमेन्ट रुटको भिसा शुल्क पनि वृद्धि भएको छ । जसअनुसार आफन्त रुटको सेटलमेन्ट भिसा शुल्क ३ हजार २ सय ५० बाट बढेर ३ हजार ४ सय १३ पाउण्ड पुगेको छ भने आर्मड् फोर्सेस् रुटको सेटलमेन्टका लागि शुल्क बढेर ३ हजार २९ पाउण्ड भएको छ ।

बेलायतको भिसा आवेदनका क्रममा उपलब्ध गराइने प्रिमियम सेवाहरुको शुल्क भने बढाइएको छैन । प्राएरिटी सेवाका लागि ५ सय पाउण्ड र सुपर प्राएरिटी सेवाका लागि १ हजार पाउण्डको यसअघिकै शुल्क कायम छ।

बेलायतको भिसा शुल्कसम्बन्धि पूर्ण विवरणका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register