भूमि अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षको निर्णय

काठमाडौं । सत्ता पक्षले भूमि अध्यादेशलाई नियमित विधेयकका रूपमा अघि बढाउने भएको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । “सत्ता पक्षले अघि सारेका विषयलाई समेत समेटेर विधेयकका रूपमा अघि बढाउने निर्णय भएको छ । अब नियमित विधेयकका रूपमा अघि बढ्छ,” उनले भने । जनता समाजवादी पार्टी […]

Mar 26, 2025 - 07:15
 0
भूमि अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षको निर्णय

काठमाडौं । सत्ता पक्षले भूमि अध्यादेशलाई नियमित विधेयकका रूपमा अघि बढाउने भएको छ ।

बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

“सत्ता पक्षले अघि सारेका विषयलाई समेत समेटेर विधेयकका रूपमा अघि बढाउने निर्णय भएको छ । अब नियमित विधेयकका रूपमा अघि बढ्छ,” उनले भने ।

जनता समाजवादी पार्टी नेपालको विरोधपछि सरकारले भूमिसम्बन्धी अध्यादेश संसद्‌मा अघि बढाउन सकेको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register