इरानले भन्यो– इजरायली आक्रमण बन्द भए मात्र जवाफी आक्रमण बन्द हुन्छ

एजेन्सी । इरानले इजरायली आक्रमण बन्द भए मात्र आफूले पनि जवाफी आक्रमण बन्द गर्ने बताएको छ । इरानी विदेशमन्त्री अब्बास अगार्चीले तेहरानमा कूटीतिज्ञहरूसँगको ब्रिफिङमा यस्तो बताएका हुन् । कतारी समाचार माध्यम अलजजिराका अनुसार इजरायलले इरानमा आक्रमण गरेपछि पहिलोपटक इरानले विदेशी कूटनीतिज्ञहरूलाई ब्रिफिङ गरेको हो । अगार्चीले भनेका छन्, ‘अग्रेसन बन्द भयो भने रेस्पन्स पनि बन्द […]

Jun 15, 2025 - 08:23
 0
इरानले भन्यो– इजरायली आक्रमण बन्द भए मात्र जवाफी आक्रमण बन्द हुन्छ

एजेन्सी । इरानले इजरायली आक्रमण बन्द भए मात्र आफूले पनि जवाफी आक्रमण बन्द गर्ने बताएको छ । इरानी विदेशमन्त्री अब्बास अगार्चीले तेहरानमा कूटीतिज्ञहरूसँगको ब्रिफिङमा यस्तो बताएका हुन् ।

कतारी समाचार माध्यम अलजजिराका अनुसार इजरायलले इरानमा आक्रमण गरेपछि पहिलोपटक इरानले विदेशी कूटनीतिज्ञहरूलाई ब्रिफिङ गरेको हो । अगार्चीले भनेका छन्, ‘अग्रेसन बन्द भयो भने रेस्पन्स पनि बन्द हुन्छ ।

यसैबीच अलजजिराका अनुसार इरानी आक्रमणमा मारिने इजरायलीको संख्या १० पुगेको छ । इरानी मिसाइल आक्रमणमा कैयौँ बेपत्ता रहेको जनाइएको छ । यस्तै सेन्टर इजरायलस्थित एक विश्वविद्यालयमा पनि इरानी मिसाइल आक्रमण भएको छ ।

शुक्रबारयता इरान र इजरायलबीच भिषण युद्ध चलिरहेको छ । इजरायलले इरानस्थित तेल डिपो र आणविक स्थलहरूमा आक्रमण गरेको छ । इजरायली आक्रमणमा उच्च इरानी सैन्य अधिकारी, वैज्ञानिकहरू र केही सर्वसाधारणहरू पनि मारिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register