रास्वपाले गर्‍यो संसद्‌को वेल घेराउ

काठमाडौं । रास्वपाले संसद्‌को वेल घेराउ गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका सांसदहरुले विरोध गरिरहेका बेलामा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले वेल घेराउ गरेका हुन् । रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामामा आफ्नो अडान कायम राख्दै बैठक अवरोध कायम राख्ने निर्णय गरेपछि सभामुखले संसद्‌ बैठक […]

Jun 15, 2025 - 08:20
 0
रास्वपाले गर्‍यो संसद्‌को वेल घेराउ

काठमाडौं । रास्वपाले संसद्‌को वेल घेराउ गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका सांसदहरुले विरोध गरिरहेका बेलामा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले वेल घेराउ गरेका हुन् ।

रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामामा आफ्नो अडान कायम राख्दै बैठक अवरोध कायम राख्ने निर्णय गरेपछि सभामुखले संसद्‌ बैठक पेलेर अघि बढाउने रणनीति लिएका छन् ।

अहिले पार्टीगत रुपमा सांसदहरुले आफ्नो मत राखिरहेका छन् भने रास्वपाका सांसदहरु नाराबाजी गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register