बुधबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९१ लाख ४२ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Mar 26, 2025 - 09:44
 0
बुधबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९१ लाख ४२ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register