मोटरसाइकलको लाइसेन्स लिन अब १८ वर्ष पुग्नुपर्ने ! 

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्ति गर्ने उमेरहद १८ वर्ष पुर्याउने तयारी गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन, २०८१ मा व्यवस्था गर्दै सवारी चालक अनुमति पत्र पाउने उमेरहद १८ वर्ष पुर्याउने तयारी गरेको हो ।  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा दुई पाङ्ग्रे सवारीको […]

Feb 27, 2025 - 11:19
 0
मोटरसाइकलको लाइसेन्स लिन अब १८ वर्ष पुग्नुपर्ने ! 

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्ति गर्ने उमेरहद १८ वर्ष पुर्याउने तयारी गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन, २०८१ मा व्यवस्था गर्दै सवारी चालक अनुमति पत्र पाउने उमेरहद १८ वर्ष पुर्याउने तयारी गरेको हो । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा दुई पाङ्ग्रे सवारीको चालक अनुमति प्राप्त गर्न १६ वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था छ । तर, अब भने नयाँ ऐनमार्फत उक्त उमेरहद १८ वर्ष पुर्याउने तयारी गरिएको छ । 

ऐनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा समेत तयार गरेको छ । त्यस्तै, हाल ठुलो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न उमेरहद २१ वर्ष तोकिएकोमा अब २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, मझौला तथा सानो सवारीको चालक अनुमति पत्रका लागि उमेरहद १८ वर्षबाट बढाएर २१ पुर्याउने प्रस्ताव गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register