राजावादी आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति रास्वपाद्वा भर्त्सना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादीहरूले आन्दोलनका नाममा गरेको अराजकताको घोर भर्त्सना गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै संविधानको आधारभूत मान्यताबाट पर गई पूर्वराजावादी पक्षधरहरूबाट भएका घटना निन्दनिय भएको जनाएका छन् । ‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो । लोकतन्त्रमा […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादीहरूले आन्दोलनका नाममा गरेको अराजकताको घोर भर्त्सना गरेको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै संविधानको आधारभूत मान्यताबाट पर गई पूर्वराजावादी पक्षधरहरूबाट भएका घटना निन्दनिय भएको जनाएका छन् ।
‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो । लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवं शान्तिपूर्णरुपमा प्रस्तुत हुन समेत सचेत गराएको छ ।
साथै, आन्दोलन अराजक हुनसक्ने पूर्व सूचनाहरुका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाएको रास्वपाको भनाइ छ । आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको र विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै लिनपर्ने रास्वपाको ठहर छ ।
What's Your Reaction?






