नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्त

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी दिएको हो। मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो। जसअनुसार सर्टलिस्ट गरेर […]

Mar 28, 2025 - 16:55
 0
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्त

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी दिएको हो।

मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो। जसअनुसार सर्टलिस्ट गरेर क्यानले अन्तर्वार्तासमेत लिएको थियो।

यसअघि उनले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षकको भूमिका निभाएका थिए।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register