युक्रेनी शहर कुराखोभ कब्जा गरेको रुसको दाबी

काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क क्षेत्रको कुराखोभ शहर पुनः कब्जा गरेको दाबी गरेको छ । तर, युक्रेनले रुसको यो दाबी स्वीकार गरेको छैन । कुराखोभलाई रणनीतिक दृष्टिकोणले रुस-युक्रेन सीमामा महत्वपूर्ण स्थान मानिन्छ । युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो, त्यसयता रुस र युक्रेनका सेनाबीच भीषण युद्ध चलिरहेको छ । समाचार एजेन्सी रोयटर्सले उपलब्ध […]

Jan 7, 2025 - 07:44
 0
युक्रेनी शहर कुराखोभ कब्जा गरेको रुसको दाबी

काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क क्षेत्रको कुराखोभ शहर पुनः कब्जा गरेको दाबी गरेको छ ।

तर, युक्रेनले रुसको यो दाबी स्वीकार गरेको छैन ।

कुराखोभलाई रणनीतिक दृष्टिकोणले रुस-युक्रेन सीमामा महत्वपूर्ण स्थान मानिन्छ ।

युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो, त्यसयता रुस र युक्रेनका सेनाबीच भीषण युद्ध चलिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

यो तस्वीरमा कुराखोभमा रुसी झण्डा बोकेको एक सैनिक देखिएका छन् ।

युक्रेनी सङ्गठित सेनाका प्रवक्ता भिक्टर ट्रिहुबोभले सोमबार बिहानसम्म युक्रेनी सेनाले कुराखोभभित्र रुसी सेनासँग लडिरहेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register