संसद् सचिवालयमा पुग्यो राप्रपा सांसद धवलशमशेर पक्राउको सूचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ । राप्रपाका महामन्त्री समेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’  को प्रदर्शनका क्रममा हिंसात्मक घटनामा संलग्न रहेको भन्दै पक्राउ परेपछि सूचना संसद सचिवालय पुगेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना […]

Mar 29, 2025 - 07:40
 0
संसद् सचिवालयमा पुग्यो राप्रपा सांसद धवलशमशेर पक्राउको सूचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ ।

राप्रपाका महामन्त्री समेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’  को प्रदर्शनका क्रममा हिंसात्मक घटनामा संलग्न रहेको भन्दै पक्राउ परेपछि सूचना संसद सचिवालय पुगेको हो।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको जानकारी दिए ।

सांसद पक्राउको सूचना आएपछि प्रतिनिधि सभा बैठकमा यसबारे सभामुखले जानकारी दिने प्रचलन छ । प्रतिनिधि सभाको बैठक फागुन १८ गते बस्दैछ ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register