पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेरलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्तालाई अनुसन्धानका लागि आज (आइतबार) म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । पक्राउ परेको भोलिपल्ट शनिबार परेकाले आज उनीहरूलाई अनुसन्धानका लागि म्याद थप गर्न पुर्‍याइएकाे प्रहरी स्रोतले नेपालभ्युजलाई जानकारी दियो । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) […]

Mar 30, 2025 - 05:54
 0
पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेरलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्तालाई अनुसन्धानका लागि आज (आइतबार) म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

पक्राउ परेको भोलिपल्ट शनिबार परेकाले आज उनीहरूलाई अनुसन्धानका लागि म्याद थप गर्न पुर्‍याइएकाे प्रहरी स्रोतले नेपालभ्युजलाई जानकारी दियो ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, राजावादी अभियन्ता स्वागत नेपाललगायत छन् ।

तीनकुने घटनामा हालसम्म प्रहरी हिरासतमा पुग्नेको कुल सङ्ख्या ११३ रहेको छ ।

शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको हिङ्सात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register