एनएसएलको तेस्रो संस्करणका लागि फागुनमा १० मा अक्सन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि यही फागुन १० गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले दिएको जानकारीअनुसार आगामी मार्च २९ बाट सुरू हुने एनएसएलको तेस्रो संस्करणका लागि अक्सन हुन लागेको हो । यसपटक ७ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि एनएसएलको पहिलो संस्करणमा […]

Feb 13, 2025 - 13:03
 0
एनएसएलको तेस्रो संस्करणका लागि फागुनमा १० मा अक्सन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि यही फागुन १० गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले दिएको जानकारीअनुसार आगामी मार्च २९ बाट सुरू हुने एनएसएलको तेस्रो संस्करणका लागि अक्सन हुन लागेको हो ।

यसपटक ७ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि एनएसएलको पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा खेलेका दुईवटा टिम स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड यो संसकरणमा सहभागि नहुने भएका हुन् ।

तेस्रो संस्करणमा  काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र झापा एफसी खेल्नेछन् । झापा एफसी दोस्रो संस्करणमा थपिएको टिम हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register