इजरायली उर्दीपछि उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द

काठमाडौं । उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले तुरुन्तै खाली गर्न उर्दी गरेपछि जबालियाको अल–अवदा अस्पताल पनि बन्द गर्नुपरेको हो । अस्पतालका निर्देशक डा. मोहम्मद सलहाले बीबीसीलाई बताएअनुसार ‘दुई हप्ताको घेराबन्दी’पछि बिहीबार साँझ जबालियाको अल–अवदाबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो । ‘उत्तरी गाजामा अब कुनै पनि स्वास्थ्य […]

May 31, 2025 - 06:00
 0
इजरायली उर्दीपछि उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द

काठमाडौं । उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले तुरुन्तै खाली गर्न उर्दी गरेपछि जबालियाको अल–अवदा अस्पताल पनि बन्द गर्नुपरेको हो ।

अस्पतालका निर्देशक डा. मोहम्मद सलहाले बीबीसीलाई बताएअनुसार ‘दुई हप्ताको घेराबन्दी’पछि बिहीबार साँझ जबालियाको अल–अवदाबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो ।

‘उत्तरी गाजामा अब कुनै पनि स्वास्थ्य सुविधा बाँकी कार्यरत छैनन्,’ उनले भने ।

यसबारे इजरायली रक्षा बल (आईडीएफ)बाट भने शनिबार बिहानसम्म कुनै प्रतिक्रिया आएको छैन ।

युद्धविराम प्रयासहरू चलिरहेका बेला यो विषय बाहिरिएको हो ।

यसैबीच हमासले भने अमेरिकी युद्धविराम योजनाको ‘ध्यानपूर्वक समीक्षा’ गरिरहेको बताएको छ ।

युद्धविराम गर्नेबारे इजरायलले हस्ताक्षर गरेको ह्वाइट हाउसको दाबी छ ।

गाजामा इजरायलको सैन्य कारबाही जारी छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register